आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिन नमिल्ने, परीक्षाको तयारी नछोड्न आग्रह

हेटौडा न्युज
२९ बैशाख २०७७, सोमबार ००:०९
;

कोरोना भाइरसका कारण स्थगित भएका माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाको लागि तयारी गरिरहन आग्रह गरेका छन् । 

परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिन कानुनअनुसार नमिल्ने भएकाले परीक्षाको तयारी गरिरहन शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले आग्रह गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले  सामान्य अवस्था भएपछि कम्तीमा दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्ने बताएका छन् । 

परीक्षालाई सहज बनाउन आवश्यक उपकेन्द्र कायम गर्न र एसइईको परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिकम गर्ने तयार िभईरहेको जनाईएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*