गाउँले कुटेर वडाध्यक्षको समुह फरार, ८ जना घाइते, तीन अवस्था गम्भीर 

हेटौडा न्युज
२९ बैशाख २०७७, सोमबार ००:३०
;

रुकुममा वडा अध्यक्ष र स्थानीय बीच झडप भएको छ । झडपमा परी ८ जना घाईते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।  जिल्लाको पश्चिमको आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा तलिगाउ र माथिगाउका सर्वसाधारण बिच पानीको मुहान भवन निर्माणको विषयमा झडप भएको थियो ।

झडपले राजनीतिक रुप लिदा वडाध्यक्ष केशरमान बिकसमेतको समूहले स्थानीय गोपाल बोहरालाई आक्रमण गरेका थिए । सोही क्रममा बोहरासहित ८ जना घाईते भएका हुन् ।

गम्भीर घाइते हुनेमा स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्धार उठेका ४६ वर्षीय गोपाल बोहरा सहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन् । 

गम्भिर घाईतेहरुलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।

यस्तै २८ वर्षीया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सामान्य घाइते भएका छन । यी घाइतेहरु तलिगाऊँका नागरिकहरु हुन । यस्तै माथिगाऊँका शशिराम बुढा पनि समान्य घाइते भएका छन । केही सामान्य घाइतेहरुको आठविसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।

वडाध्यक्ष विकको समूहले माथीगाउबाट ढुंगामुडा प्रहार गर्न थालेपछि थोरै प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएन । स्यालाखदीको प्रहरी चौकीमा ६ जना मात्र प्रहरी रहेका छन् । आईतवार थप प्रहरी पठाएर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म प्रहरीले कुटपिटमा संलग्न वडाअध्यक्षको समूह फरार रहेको र उनीहरुको खाजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*