भारतले दशगजा क्षेत्रको बाँधमा पर्खाल लगाउने काम रोक्यो
‘लकडाउन’को मौका छोपेर भारतले रौंतहटको दशगजा क्षेत्रमा रहेको बाँधमा थप पर्खाल लगाउने काम रोकेको छ । स्थानीयको चर्को विरोधपछि भारतले बाँध निर्माण गर्न रोकेको हो ।
ईशनाथ नगरपालिका–१ को सीमामा पाँच फिट माटो र ढुंगा पुरेर थप पर्खाल लगाउने काम भइरहेको थियो ।
भारतले सीमावर्ती विभिन्न क्षेत्रमा बनाएको बाँधका कारण तराईका विभिन्न जिल्ला वर्षेनि डुबानमा पर्दै आएका छन् ।
एकतर्फीरुपमा भारतले थप्दै आएको बाँधमा पर्खाल लगाउने काम तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय रौतहटले निर्देशन दिएको जनाएको छ ।