मोदी र ओलीको पुत्ला जलाउने तीन दर्जन विद्यार्थी पक्राउ 

हेटौडा न्युज
२९ बैशाख २०७७, सोमबार २१:१३
;

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने तीन दर्जन विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) लगायतका तीन दर्जन विद्यार्थीहरुलाई विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । 

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा युवा–विद्यार्थीहरुले बबरमहलमा मोदी र ओलीको पुत्ला जलाएका हुन् ।

युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् ।

यसै क्रममा आज मध्यान्नमा उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन् । आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*