लकडाउनको मौका छोपी चोरी गर्ने ११ जना पक्राउ

हेटौडा न्युज
२९ बैशाख २०७७, सोमबार २१:१८
;

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरी वृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।

गत चैत ११ गतेदेखि लकडाउन सुरू भएको थियो।  बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरूषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

विभिन्न बन्द होटलरेस्टुराँपसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो।

उनले भने,‘गस्ती बढाएसँगै लकडाउनको बमौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारबाही अघि बढाइएको छौं। तीमध्ये कोही बालबालिका समेत रहेका छन्। कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौं। कोहीलाई सुधारगृह पठाएका छौं।’

प्रहरीले पसल चोरी गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौं बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी पक्राउ गरेको थियो।

त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ।

यसरी पक्राउ पर्नेमा काठमाडौं सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौं बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन्।

चोरी मुद्दामा पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेलओखलढुंगा घर भई काठमाडौं बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङबूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*