सडक निर्माणको विरोध स्वरूप भारतीय राजदूतलाई कूटनीतिक नोट
नेपाल सरकारले भारतीय राजदूतलाई नेपाली भूमी मिचेर सडक निर्माण गरेको विरोध स्वरूप कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतलाई नोट बुझाइएको जानकारी दिएको हो ।
सोमबार भारतीय राजदुत क्वात्रासँग बैठक भएको समेत जनाएको छ । उक्त नोटमा शनिवार सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख भएका बुँदाहरू नै समेटिएको परराष्ट्र मन्त्रालयका एक जना अधिकारीले बताएका छन् ।
भारतले नेपाली भूमिमा सडक बनाएकोमा असन्तुष्टि जनाउँदै शनिवार परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कुनै खालको गतिविधि नगर्न भारतसँग आग्रह गरेको थियो ।
नेपालले आफ्नो दाबी गरेको भूमिमा सडक बनाइएको भन्दै राजधानीमा सोमवार पनि प्रदर्शनहरू भएका छन्।