करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेपछि…
२९ बैशाख २०७७, सोमबार २२:२४
इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर इटहरी उप–महानगरपालिका– १६ का ३५ बर्षीय बिष्णु चौधरीको मृत्यु भएको हो ।
घर छेउमा रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा चौधरीको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।











