कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु पूर्णरुपमा शिल
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म शिल गर्ने निर्णय भएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजै साँझ ५ बजेदेखि जेठ ५ गते सम्म कपिलवस्तु शिल गर्ने निर्णय हो ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार लकडाउनका बेला पनि छिमेकी मुलुक भारतबाट लुकिछिपी जिल्ला भित्रिने क्रम नरोकिएपछि सुरक्षा समिति जिल्ला शिल गर्ने निर्णयमा पुगेको हो ।
जिल्ला शिल गरिएपछि खाद्यान्न, तरकारी, फलफुल, दूध पेट्रोलियम पदार्थ, ग्याँस, औषधी पानी पशुपंक्षीको दाना, एम्बुलेन्स, शव बाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनहरु बाहेक अन्य उद्योगधन्दा कलकारखाना, निर्माणसंग सम्बन्धित कार्यहरु, व्यापार व्यवासाय आदिलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
निर्णय पश्चात जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना पनि जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० क र संक्रामक रोग ऐन २०२० को दफा २९१० बमोजिम यो निर्णय गरिएको जनाएको छ ।
अत्यावश्यक खाद्यान्न तथा तरकारी किनेमलका लागि हरेक दिन बिहान ७ देखि ९ बजेसम्मका लागि समय कामय गरिएको छ ।
अहिलेसम्म कपिलवस्तुमा १५ जना कोरोनाका संक्रमित भेटिएका छन् ।










