नेपालीलाई काठमाडौं ल्याएर छाड्न यूएईले माग्यो अनुमति

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार ००:०५
;

नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गरेपछि युएई सरकारले आफ्नो देशमा रहेका नेपालीलाई काठमाडौं ल्याएर छाड्न अनुमती मागेको छ । 

यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  जानकारी दिएका छन् । उनले भने संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’

अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताउँदै उनले श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७ सय १ जना नेपालीलाई स्वदेश ल्याउनु पर्ने अवस्था रहेको बताएका छन्  । भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने ज्ञवालीले बताएका छन्  ।

उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताएका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*