भीरबाट लडेर २२ वर्षीय युवतीको मृत्यु

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार ००:४९
;

भीरबाट लडेर २२ वर्षीय युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौर बस्ने सुष्‍मा मल्ल रहेकी छिन् ।

सोमबार बिहान घाँस काट्ने क्रममा लडेर उनी गम्भीर घाइते भएकी मल्लको जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*