थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ३४ पुग्यो 

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १२:५५
;

थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।  कपिलबस्तुका ६ जना, रुपन्देहीका ६ जना र बर्दियाका १ जना गरी १३ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । हिजो सोमबारमात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि हो ।  

 कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५, १९, २३, ३०, ३२  र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*