बेलायतमा मृत्यु हुने नेपालीको संख्या ६० पुग्यो 

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १४:०८
;

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६० पुगेका छन् । सोमबारसम्म ५० पुरुष र १० महिला गरी कुल ६० जना नेपालीको मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।  

मृतकमध्ये ४९ जना भूतपूर्व गोर्खा सैनकि र उनीहरुका परिवारका सदस्य रहेको दुतावासले जनाएको छ । त्यस्तै मृत्यु हुनेमा अधिकांश ७० वर्षभन्दा बढी उमेरका छन् । 

हालसम्म कोरोनाबाट २० नेपाली लण्डनमा तथा बाँकी ४० जनाको लण्डनबाहिरका शहरमा मृत्यु भएको दूतावासले जानकारी दिएको छ । बेलायतका ननिटन, बेजिङस्टोक, रेडिङलगायतका क्षेत्रमा बढी नेपालीको मृत्यु भएको हो। 

हाल करिब २० जना संक्रमित नेपाली बेलायतका अस्पतालमा उपचार गराइरहेका छन् र अरु ३० संक्रमित घरमै आइसोलेसनमा छन् । 

गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संगठन तथा स्थानीय काउन्सिलसँगको समन्वयमा यो तथ्यांक संकलन गरेको दूतावासले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*