भक्तपुरमा भारतीय अतिक्रमणविरुद्ध चर्को नारावाजी
नेपाल मजदूर किसान पार्टीका भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले प्रदर्शन गरेका छन् । भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक बनाएको विरोधमा दुई संगठनहरुले संयुक्त रुपमा र्याली निकालेर बिरोध जनाएका हुन् ।
र्यालीमा सहभागीले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, सिमा मिच्न पाइदैन लगायत नाराबाजी गरेका थिए ।
भारतले महाकालीवारी सडक बनाएर नेपालको भूमि मिचेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ ।