लकडाउन उल्लंघन गरेको आरोपमा दुईवटा होटेल भत्काइयो
लकडाउन उल्लंघन गरेको आरोपमा दुईवटा होटेल भत्काइदिएको छ । नाइजेरिया सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि लागू गरेको लकडाउनको नियमलाई उल्लंघन गरेको भन्दै रिभर्स राज्यका दुई होटल भत्काएको हो ।
रिभर्स राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । लकडाउन अवधिभर होटल खोल्न नपाउने नियम तोडेकोले यी दुई होटल भत्काउनुपरेको गर्भनरको भनाइ छ ।
होटेल सञ्चालक पक्षले भने अधिकारीहरु आएर घुस दिए लकडाउनमा पनि होटल सञ्चालन गर्न दिने बताएको तर आफूहरुले होटल सञ्चालनमा नआएकोले घुस दिन आफूसँग पैसा नभएको बताएपछि होटेल भत्काइएको दाबी गरेका छन् ।
एजेन्सी