आज एकैदिन ५७ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १ सय ९१

३० बैशाख २०७७, मंगलवार १९:२१

नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै पर्सामा मात्र ३९ जना, कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ र बारामा १ जना संक्रमित भएका छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् । आज थपिएसँगै नेपालमा कोरोना पोजेटिभ भएकाहरुको संख्या १ सय ९१ पुगेको छ ।