कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाउन संसदीय समितिको निर्देशन
नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेना बसिरहेको भारतीय सुरक्षाकर्मी हटाउन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार र सोमबार बसेको बैठकले कालापानी क्षेत्रमा रहेका भारतीय सेनालाई हटाउन सरकारलाई निर्देशन दिएको हो ।
‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानी लगायत क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्चतहबाट राजनीतिक, कुटनीतिक र अन्य आवश्यक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने’ समितिको निर्णयमा उल्लेख गरिएको छ ।