पर्साका चारजना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि

पर्साका ४ जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार एकैपटक भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार रहेका छन् ।
फिल्ड रिर्पोटिङमा हिँड्दा जोखिम महसुस गरेपछि उनीहरुले कोरोना परीक्षण गर्न लगाएका थिए । मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
पर्सामा सक्रिय चार पत्रकारलाई कोरोना देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदनकुमार उपाध्यायले बताएका छन् । देशभर मंगलबार ५७ जनामा कोरोना पोजेटिभ देखिँदा पर्साका ३९ जना र बाराका १ जना रहेका छन् ।
यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।