अर्घाखाँची जिल्ला अनिश्चितकालको लागि सिल
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अर्घाखाँची जिल्ला अनिश्चितकालको लागि सिल गरिएको छ । छिमेकी जिल्ला कपिलवस्तु र रुपन्देहीमा संक्रमणको संख्या बढ्दै गएपछि ती जिल्लाबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट सीमा जोडिएका ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।
कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले जानकारी दिएका छन् ।
उनले मुख्य बाटो बाहेकका जंगलका सानातिना सडकबाट प्रवेश गर्ने सम्भावना भएकाले नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताएका छन् ।











