हेटौंडाको बुद्ध चोकमा भारत विरुद्ध बिरोध प्रदर्शन 

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार ००:०९
;

हटौंडामा आज पनि भारत विरुद्ध बिरोध प्रदर्शन गरिएको छ । भारतले नेपाली भूमी मिचेर सडक बनाएको बिरोधमा हेटौंडाको बुद्ध चोकमा करिव ४५ मिनेट प्रदर्शन गरीएको हो । 

""

हेटौँडाको विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागितामा भारतीय हस्तक्षेप विरुद्ध प्लेकार्ड सहित शान्तिपुर्ण रुपमा बिरोध प्रदर्शन गरेका हुन्। 

""

देश लकडाउनमा रहेको अवस्थामा पनि भारतको हस्तक्षेप गरेको भन्दै हेटौँडा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भारत विरुद्ध प्रदर्शन गरेको टोलीका संयोजक विकेश लाल श्रेष्ठले बताए ।

""

संयोजक श्रेष्ठले भारतीय विस्तरवाद विरुद्ध आफ् र आफ्नो टोलीको गम्भिर आपत्ती रहेको बताएका छन् ।  

""

उनले सरकारका बहालवाला मन्त्रीले दिएको अभिव्यक्ति प्रति खेद प्रकट गरे । उनले नेपालको अतिक्रमित भुमि ततकाल फिर्ता हुनु पर्ने बताए । 

""

भारतले एकतर्फि रुपमा नेपाली भूमि लिपुलेक हुँदै चिनको मानसरोवर सम्म जाने बाटो उद्घाटन गरेपछि नेपालमा भारत विरुद्ध प्रदर्शन जारी रहेको छ । 

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*