खोलामा डुबेर एक बालकको मृत्यु

३१ बैशाख २०७७, बुधबार ००:३०
मकवानपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । बकैया गाउँपालिकाको वडा नंबर ८ मामदमारमा खोलामा १४ वर्षीय सुकलाल बलको मृत्यु भएको हो ।
साथीहरुसँग बकैया–३ र ८ को सिमाना खजुरीदमारस्थित बकैया खोलामा पौडी खेल्न गएका उनको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहर कार्यालय मकवानपुरले जनाएको छ ।
उनको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिएका छन् ।