मकवानपुरमा थप कडाइ, पास बाहेका व्यक्ति प्रवेश निषेध

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार ०१:१५
;

कोरोनाको संक्रमणको उच्च जोखिम बढ्दै गएपछि मकवानपुरमा थप कडाइ गर्ने भएको छ ।  आज बसेको कमाण्ड पोष्टको बैठकले भारत लगायत प्रदेश २ हुदैँ आउँने मानिस लगायत सवारी साधनहरुलाई बागमती प्रदेशको रातोमाटे चेकपोष्टमा थप कडाई गरिने भएको हो । 

बैठकले भोलीबाट पुर्वपश्चिम राजमार्गको चुरीयामाइ क्षेत्रहुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।  बैठकले भोलीबाट विहान ९ बजेसम्म खाद्यन्न तथा ग्यास पसलमात्र खोल्न पाउने निर्णय गरेको छ । औषधी तथा भेटनरी, कृषि औसधी पसललाई दिनभरी खोल्न दिने आज बसेको बैठकले निर्णय गरेको छ । 

बैठकले भोली एकदिनको लागि तरकारी बजार तथा माछामासु बजार खोल्न दिने तर पर्सि जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले तराईका जिल्लाबाट मकवानपुर छिर्ने अन्य नाकामा समेत कडाई गर्ने निर्णय गरेको छ भने बैैंकलाई विहान १० बजेबाट ३ बजेसम्म खुल्ला गर्ने तर भिडभाड गर्न नदिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*