लायन्स डिष्ट्रिक्टको गर्भनरका लागि हेटौंडाका नकर्मीले मनोनयन दर्ता गरे

लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको गभर्नर र भाइस गभर्नरका लागि आज अनलाइन मार्फत मनोनयन दर्ता गरिएको छ । आज मंगलबार भिडियो कन्फ्रेन्स मार्फत डिष्ट्रिक्ट (लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल) गभर्नरका लागि हेटौंडाका लायन शम्भू नकर्मीले मनोनयन दर्ता गरेका हु्न् ।
लायन्स वर्ष २०२०/२१ का लागि अनलाईन(जुम एप्लिकेशन) मार्फत नकर्मीले गभर्नर पदका लागि मनोनयन दर्ता गराएका हुन् ।
नकर्मीले लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल एरिया २ अन्तर्गतको लायन्स क्लब अफ हेटौंडा मकवानपुरका संस्थापक अध्यक्षका रुपमा लायन्स वर्ष २००९/१० बाट लायन्स क्लबको यात्रा तय गरेका हुन् ।
लायन्स क्लबका गतिविधिलाई नजिकबाट नियाका नकर्मीले आफ्नो नेतृत्व र व्यक्तित्वमा विकास गर्दै लायन्स डिष्ट्रिक्टमा विभिन्न पदहरुको जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरी सकेका छन् ।
लायन्स डिष्ट्रिक्टको जोन, रिजन, एरीया हुँदै नकर्मीले वर्ष २०१८/१९मा सेकेन्ड भाइस गर्भनरको जिम्मेवारी प्राप्त गरे । सामाजिक सेवालाई केन्द्रमा राखेर नकर्मीले मकवानपुर जिल्ला लगायत अन्य क्षेत्रमा समेत लायन्स भएर आफ्नो जिम्मेवारी पुर्ण रुपमा निर्वाह गरे ।
वर्ष २०१९/२० मा नकर्मीले लायन्स डिष्ट्रिक्टको प्रथम भाइस गभर्नर जस्तो महत्व पुण जिम्मेवारी पाए । नकर्मीले आफ्नो हरेका जिम्मेवारीलाई जहाँ आवश्यक्ता त्यहाँ लायन्सको नारालाई मुर्त रुप दिन तल्लिन रहे । आफु भन्दा कम भाग्यमानी व्यक्तिको सेवालाई आफ्नो जिम्मेवारी मानेर दैनिक रुपमा आफ्नो समय सेवामा नै समर्पित गर्थे उनी ।
चाँहे बाराको आधिका पिडित हुन् वा हाल लकडाउनका कारण समस्यामा परेका मुजदुर दुःखमा परेका व्यक्ति दैख्दा मन खिन्न बनाउछन् उनी ।
लायन्स सदस्य हुन् वा लियो सदस्य सबैलाई समान व्यवहार गर्ने सरल स्वभावका नकर्मीलाई गभर्नर बन्नका लागि लायन्स डिष्ट्रिक्टका लायन्सहरुको ५१ प्रतिशत समर्थन भोट आवश्यता पर्नेछ ।
नकर्मीले आज मनोनयन दर्ता गराउँदै लायन्स तथा लियोलाई थप उचाइमा पुर्याउन कुनै पनि कसर बाँकी नराख्ने बताए ।
वर्ष २०२०/२१ का लागि २ जनमा भाइस गभर्नरले समेत मनोनयन दर्ता गराएका छन् । प्रथम भाइस गभर्नरका लागि चितवनका राम प्रसाद भट्ट र द्वितिय भाइस गर्भनरका लागि धनगढीका सि.वी. चन्दले मनोनयन दर्ता गराएका छन् ।
सबै पदको अनितम नतिजा आउँदो जेठ १० गते सार्वजनिक गरीने छ ।