गृह मन्त्रालयद्वारा सबै पास रद्द, एक जिल्ला अर्को जिल्ला जान नपाइने
सरकारले अब एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा रोक लगाएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको हो ।
देशमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यस्तो निर्णय गरेको हो । कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढेकाले आवतजावतमा कडाइ गरिएको हो ।
गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो । उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने प्रावधान लागू नहुने बताइएको छ । उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।