भक्तपुर र काठमाडौंमा पनि देखियो कोरोना, फेरी २६ जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार १३:११
;

नेपालमा मंगलबार फेरी २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ सय १७ पुगेको  छ । 

पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५, ६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

""
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*