रुपन्देहीका सात पालिकामा आवतजावत बन्द

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार १३:५८
;

भारतसँग सिमा जोडिएका रुपन्देहीका सात पालिकामा आवतजावत बन्द गरिएको छ । रुपन्देहीमा २ दिनको अवधिमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जेठ ५ गते सम्मका लागि आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिएका छन् ।   

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र सीमा क्षेत्रका स्थानीय तहका प्रमुखहरुको बैठकले लुम्बिनी सांस्कृितक नगरपालिका , सम्मरीमाई , कोटहीमाई , मर्चवारी , मायादेबी , रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

रुपन्देहीमा भेटिएका कोरोना संक्रमित सबै सिमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*