कोरोना संक्रमित एक व्यक्ति मानसिक रोगी भएकाले ट्रेसिङ्मा समस्या
सर्लाही एक कोरोना संक्रमितको मानसिक अवस्था ठिक नभएको खुलेको छ । ४५ वर्षीय संक्रमित पुरुषको १० वर्षदेखि मानसिक अवस्था ठिक नभएको परिवारले बताएका छन् ।
संक्रमित पुरुषलाई जनकपुर अञ्चल अस्पताल पठाइए प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।
संक्रमित पुरुष मानसिक रोगी भएकाले ट्रेसिङ्मा समस्या ल्याउने भएको छ । संक्रमित पुरुषका परिवारमा श्रीमती र चारजना छोराछोरी छन् । उनीहरू हरिपुर गाउँपालिका–३ का वासिन्दा हुन् ।
संक्रमित पुरुषका परिवारका सदस्यको परीक्षण गर्ने तयारी गरिएको छ भने उक्त गाउँलाई समेत सिल गर्ने तयारी गरेको जिसीले बताएका छन् ।











