लिपुलेक सुरक्षाको लागि सशस्त्रको टोली दार्चुलाको छाङरू पुग्दै

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार १५:०५
;

भारतले लिपुलेक सडक निर्माण गरेपछि त्यसको सुरक्षाको लागि सशस्त्र प्रहरीको टोली सिमा क्षेत्रमा प्रस्थान गरेको छ ।  

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि नेपाली सेनाको टोली हेलिकप्टरमार्फत बुधबार बिहान प्रस्थान गरेको हो ।

सशस्त्र प्रहरीका २५ र प्रहरीका नौजना अधिकारी र जवान सम्मिलित सुरक्षा फौज सेनाको एमआई १७ हेलिकोप्टरमा हातहतियार र बन्दोबस्तीका सामाग्री सहित छाङरू प्रस्थान गरेको हो । 

सशस्त्रका एआईजी नारायणबाबु थापा र गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा.ईन्द्रजित राई तथा प्रेस सल्लाहार किरण भट्टराई टोलीसँगै छाङरू गएका छन् ।

पूर्व योजना अनुसार दार्चुलाको छाङरुमा बोर्डर आउट पोस्टका लागि आवश्यक जनशक्ति र बन्दोबस्तीका सामाग्री बुधबार पठाईएको हो ।

भारतले नेपाली भूभाग अतिक्रमण गरेदेखि सबैभन्दा नजिक मानिएको यो पोस्टमा सशस्त्रले हाललाई अस्थायी संरचना बनाउने तयारी गरिरहेको थियो ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*