थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय १९ पुग्यो 

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार २०:३४
;

नेपालमा थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका ३६ वर्षीय युवक र कपिलवस्तका २२ वर्षीय युकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । 

बुधबार काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँके जिल्ला नेपालगंज–८ का ३६ वर्षीय  युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

""

त्यस्तै राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परिक्षण गर्दा कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित दुबैजनाको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

""

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*