भारतविरुद्ध प्रर्दशन गर्दा जनमोर्चाका ८ नेता कार्यकर्ता पक्राउ

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार २१:२३
;

निषेधित क्षेत्रमा भारतीय सिमा हस्तक्षेप विरुद्ध विरोध गरेको आरोपमा प्रहरीले ८ जना राष्ट्रिय जनमोर्चा नेपालका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन अगाडी विरोध गर्न नपाइने भन्दै प्रहरी तथा सशस्त्र प्रहरीले रोक्न खोज्दा  राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ताले नमानेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताएका छन् ।

पक्राउ पर्नेहरुमा  राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली, अखिल छैटोका केन्द्रीय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैटौंका जिल्ला सदस्य सुमन पौडेल रहेका छन्। पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*