गुल्मी जिल्ला ५ दिनका लागि पूर्ण रूपमा बन्द 

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार २१:५४
;

गुल्मी जिल्ला ५ दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ । प्रशासन कार्यालय तम्घासले सूचना जारी गर्दै जेठ १ गते बिहान ६ बजेदेखि ५ गते मध्यरातसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय गरको हो ।

बिहीवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला समिति गुल्मीको बैठकले ५ दिन गुल्मी जिल्ला पूरै सील गर्ने निर्णय गरेको हो । यद्यपी एम्बुलेन्स, शववाहन, मृत्युसंस्कार, विद्युत संचार खानेपानी औषधि र इन्धन बोकेका सवारी साधनहरू भने चल्न सक्नेछन् ।

सर्वसाधारणलाई बिरामी नभएको अवस्थामा बाहेक घरबाहिर निस्कन पूर्ण रूपमा बन्देज लगाइएको छ ।प्रशासनको आदेश उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने उक्त सूचनामा उल्लेख गरिएको छ ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*