नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार २२:५१
;

दुईजना कोरोना भाइरस संक्रमित अस्पताबाट फरार भएका छन् । वीरगञ्‍जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार अपरान्हमा दुईजना संक्रमित फरार भएका हुन् । 

दुईजना कोरोना संक्रमित फरार भएपछि त्यसक्षेत्रमा खेलाबैला मच्चिएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपी गंगा पन्तसहितको टोली अस्पतालमा पुगेको र  हामी तत्काल खोजतलासमा लाग्ने जनाईउको छ ।  

भागेका दुवैजना मंगलबार दिउँसो भेटिएका ३९ संक्रमितमध्ये हुन् । मंगलबार दिउँसो पर्सामा ३९ र बारामा एकजना संक्रमित भेटिएका थिए । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*