मकवानपुरमा १८ महिने बालिकाको मृत्यु 

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार २३:१२
;

मकवानपुरमा पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ ।  बुधबार बिहान बाल्टिनको पानीमा डुबेर  मनहरी गाउँपालिका– ७ लामा टोलकी इशा व्लोनको मृत्यृु भएको हो । 

बाल्टिनको पानीमा डुबेर बेहोस भएकी व्लोनलाई उपचारको लागि पुरोना मेडिकल कलेज भरतपुर पुर्याइएतापनि चिकित्सकले मृत घोषणा गरेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जनाएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*