फरार भएका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा

हेटौडा न्युज
३१ बैशाख २०७७, बुधबार २३:२०
;

वीरगन्जस्थित नारायणी अस्पतालबाट फरार भएका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन् ।

एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन् । भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताएका छन् ।

नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*