प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार ००:०७
;

नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता रहेको छ । बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा छलफल हुनेछ । 

यस्तै पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारको भावी कदमबारे पनि बैठकमा छलफल हुनेछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*