कालापानी क्षेत्र नजिकै भाडाको घरमा सशस्त्र प्रहरीको बीओपी

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार ००:३६
;

दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । काठमाण्डौबाट गएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले छाङरुमा बीओपी स्थापना गरिएको हो ।

बीओपीको लागि दार्चुलाको खलङ्गाबाट निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी छाङरु पुगेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल जानकारी दिएका छन् ।  

अहिलेलाई घर भाडामा लिएर बीओपी सञ्चालन भएको र पछि आफ्नै भवन बनाएर गुल्म नै स्थापना गर्ने योजना रहेको उनले बताए । 

अहिले चीनको सिमा नजिकै तिङ्करमा १० जना नेपाल प्रहरी रहेको चौकी छ । यस्तै सितपुल भन्ने स्थानमा पनि १० जना प्रहरी रहेको चौकी छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*