नारायणी अस्पतालका नर्समा कोरोना संक्रमण पुष्टि
पर्सास्थित नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् । बुधबार बेलुका सो अस्पतालमा कार्यरत ३६ वर्षे नर्समा संक्रमण पुष्टि भएको हो ।
संक्रमित नर्स वैशाखकोे दोस्रो हप्तादेखि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमितको उपचारमा खटिदै आएको जनाइएको छ । उनी पर्साकै बासिन्दा हुन् ।
बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका अन्य दुई जना भने पुरुषहरु रहेका छन् ।











