कालोबजारी गर्ने तीन व्यापारी पक्राउ
कालोबजारी गर्ने तीन जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्याङ्जा बिरुवा–५ का सोम ब. थापा , इन्द्रवीर थापा र राजेन्द्र प्रसाद वाग्लेलाई पक्राउ गरेको हो ।
दैनिक उपभोग्य बस्तु, मदिराजन्य पदार्थ लगायत सामाग्री अभाव रहेको भन्दै बढी मूल्यमा बिक्री गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यापारीहरूमाथि कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अनुसार खाद्य पदार्थको कालोबजारीमा संलग्न भएको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।
कतै कालोबजारी गरिएको भए तत्काल प्रशासनमा खबर गर्न आग्रह कानुनी कारबाही अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन्।










