बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइ छिमेकीलाई बोलाएपछि..

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार १६:१०
;

१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तोमकुमार लिम्बू छन् ।  घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई गरी कोठाभित्र लग्दै ढोका थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईका अनुसार  ‘काममा नजाने आफ्नै पतिको व्यवहारमा पत्नीलाई शंका रहेछ। त्यही भएर बीचमै काम छाडेर उनी घर आइपुगिन्’ प्रनि राईले भने, ‘घरको कोठाभित्र एक बालिकालाई श्रीमानले राखेको चाल पाएपछि बाहिरबाट ढोकाको चुक्कुल लगाएर छिमेकीलाई बोलाइछन् । त्यसपछि स्थानीय भेला भएर बुझ्दा घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै बालिकालाई बोलाएर बलात्कार गरेको खुल्यो।’

स्वास्थ्य  बालिकाको परीक्षण सम्बन्धी प्रारम्भिक रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*