पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु, एकजना गम्भीर घाइते
दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
दाङको घोराही–तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमा पर्सेनीबाट घोराहीतर्फ आउदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइललाई ना ३ च ५९४५ नम्बरको पि अप भ्यानले बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर ७ का ३१ वर्षका विशाल थापाको ज्यान गएको हो ।
मोटरसाइकलको पछाडि बसेका त्यसै ठाँउका १३ वर्षीय हक्की पुन गम्भीर घाइते भएका छन् । घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।