मन्त्रालयकै तथ्याङ्कमा त्रुटी, कोरोना संक्रमितको संख्या २ सय ४५ मात्र

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार १७:०२
;

नेपालमा हालसम्म २ सय ४५ जनामा मात्र कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएर २ सय ४५ मात्र रहेको जनाएको हो । 

यसअघि २ सय ५० जनामा कोरोना संक्रमण देखिएको तथ्याङ्क सार्वजनिक गरेको भए पनि मन्त्रालयले फेरि अर्को सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै तथ्याङ्क सच्याएको जनाएको छ । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको जनाएको हो । 

""

मन्त्रालयले धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती, महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुषको तथ्याङ्क दोहोरिएको जनाएको छ । 

पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*