थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ४६

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार १८:४६
;

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी देवचुली नगरपालिका–१२ निवासी ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

""

यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ४६ पुगेको छ। यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*