आइतबार र बिहिबार मात्रै मनहरी बजार खुल्ने
मनहरी गााउपालिकाले साताको २ दिन मात्र मनहरी बजारमा खुल्ला गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण गाउँपालिकाले खाद्यान्न र तरकारी किन्नका लागि साताको २ दिन आइतबार र बिहिबार मात्रै बजार खुला गरिने भएको हो ।
गाउँपालिकास्तरीय लकडाउन अनुगमन समितिको बैठकले तरकारी र खाद्यान्न खरिदका लागि यसअघि दैनिक बिहान ९ बजेसम्म खुल्दै आएको थियो । तर कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर अब हप्तामा दुई दिनमात्रै बजार खोल्ने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यकीय औषधीजन्य पसल र कृषि तथा पशुसम्बन्धी पसलहरुबाहेक अन्य सबै पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
यो निर्णय संगै अब मनहरी बजार आइतबार र बिहिबार विहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न र तरकारी पसलहरु खुल्नेछन् ।
मनहरी गाउँपालिकाका सबै वडाहरुमा यो निर्णय लागू हुनेछ ।
सडक तथा शाखा सडकहरुमा गुड्ने साना सबारीहरु साइकल, मोटरसाइकल र अटोहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी माछामासु पसलहरु पूर्ण रुपमा बन्द गर्ने, चितवनको सीमानाबाट भित्रिने मानिस र बस्तुहरुको नियमनका लागि प्रहरी पोष्ट स्थापना गर्ने लगायतका निर्णयहरु भएका छन् ।










