जबरजस्ती नेपाल छिर्न खोजेपछि ८ सय नेपालीलाई सीमावारि ल्याइयो
भारतकाबाट आएर रुपन्देहीको सीमापारी बसेका ८ सय नेपालीलाई ल्याइएको छ । लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खोजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याइएको हो ।
रुपन्देही ल्याइएका उनीहरुलाई निश्चित समय क्वारेन्टाइमा राखेपछि मात्रै आ–आफ्नो घर पठाइने प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिएका छन् ।
रुपन्देहीको बेलहिया सीमा नजिक भारतीय क्वारेन्टाइनमा झण्डै १६ सय नेपाली रहेका छन्।











