नारायणी अस्पतालबाट फरार भएका दुवै कोरोना संक्रमित पक्राउ

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार २०:२७
;

वीरगञ्जस्थित नारायणी अस्पतालबाट फरार भएका दुवै कोरोना संक्रमित पक्राउ परेका छन् । अस्पतालमा राखिएका दुवै जना बुधबार साँझ फरार भएका थिए ।  

दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए । उनलाई वीरगन्जमा रहेको श्रीराम सिनेमा हलबाट पक्राउ गरिएको थियो ।
अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई बुधबार राति मावलीबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनलाई साइकलमा राखेर मावली घर पुर्याउने एक व्यक्तिसहित ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*