प्रेस लेखेको कार दुर्घटना, चालक फरार 

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार २१:३४
;

दाङमा बुधबार प्रेस लेखेको कार दुर्घटना भएको छ । पश्चिमबाट दाङको तुलसीपुर बजारतर्फ आउँदै गर्दा ११ च ३७०३ नम्बरको कार दुर्घटनामा परेको हो । 

कार सडकको लिक छोडेर केही पर पुगेको थियो । उक्त कारबाट दुई तीन जना मानिस लरखराउँदै निस्किएर भागेको स्थानीयले जनाएको छ । 

प्रेस लेखेर कार कालिका मालिका प्रालिका अध्यक्ष दीलिप बिकले प्रयोग गरेको इलाका प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीले बताएका छन् । 

फरार रहेका बिकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*