बसामाडी र मनहरी लगायतका क्षेत्रमा तीन दिन विद्युत काटिने
नेपाल विद्युत प्राधिकरण हेटौँडाले पुनः तीन दिनको लागि विद्युत कटौती गर्ने भएको छ । युनिलिभर फिडर अन्तर्गत मर्मतका काम भइरहेकाले प्राधिरणले विद्युत कटौती गर्ने भएको हो ।
जेठ २, ३ र ४ गते निरन्तर रुपमा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विद्युत अबरुद्ध हुने हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकार िदिएका छन् ।
उनका अनुसार प्राधिकरणले युनिलिभर क्षेत्र अन्तर्गत बसामाडी, मनहरी, हाँडीखोला, राक्सिराङ लगायत स्थानमा बितरण भएका विद्युत कटौती गर्न लागेको हो ।
यसअघि पनि मर्मतकै क्रममा दुई पटक सार्बजनिक सूचना गरी प्राधिकरणले एक साता विद्युत कटौती गरेको थियो ।