प्रधानमन्त्रीसहित अन्य नेताहरुको फोटोको कार्टुन बनाउने एक युवक पक्राउ

हेटौडा न्युज
१ जेष्ठ २०७७, बिहीबार २२:२३
;

प्रधानमन्त्रीसहित अन्य नेताहरुको फोटोको कार्टुन बनाइ सामाजिक सञ्जालमा राख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । तीनपाटन गाँउपालिका –१ बेलघारी निवासी २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार कसुर अन्तर्गत प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बिट दरबारमार्गले पौडेलविरुद्ध विद्युतीय कारोबार कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमको कार्टुन फोटो बनाइ सामाजिक सञ्जाल फेसबुकमा राखेको अभियोग लागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*