विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउन सरकारलाई निर्देशन

विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउन प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।
बिहीबार बसेको समिति बैठकले विदेशमा अलपत्र परेकालाई ल्याउन सरकारलाई निर्देशन दिएको हो । यस्तै विदेशमै बस्न चाहानेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि समितिले निर्देशन दिएको छ ।
कुवेतमा आममाफीमा सहभागी भएकाहरु नेपाल फर्कने दिन कुरिरहेका छन् । मलेसिया र यूएईले पनि भिसा सकिएकालाई स्वदेश फर्कन निर्देशन दिइसकेका छन् ।