१ हजार ३ सय ६३ जनाको कोरोना परिक्षण
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ जनाको पिसिआरबाट परिक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ८४ हजार ९ सय ९१ जनाको कोरोना परीक्षण गरिएको छ ।
सो मध्ये २२ हजार ६ सय ६४ जनाको पिसिआर र ६२ हजार ३ सय २७ जनाको आरडिटिबाट परिक्षण गरिएको छ ।
कुल संक्रमित २ सय ४६ मध्ये हालसम्म ३५ जना उपचारपछि डिस्जार्च भएका छन् । बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।











