आज सरकारको नीति तथा कार्यक्रम पेश हुने

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार १३:३७
;

आज सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् ।

सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बुझिएको छ । नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन । कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*